देश

युवा समाज नेपालद्वारा शिव मन्दिरको सरसफाइ

जगत ठाडा मगर
२०७८ साउन २३ | मध्यान्ह ०९:०४ बजे

पर्सा, २३ श्रावण / पर्सा जिल्लाको प्रसिद्ध मन्दिर शिव मन्दिरमा बिन्दवासिनी युवा समाज नेपालद्वारा सरसफाइ गरिएको छ । पर्साको बिन्दवासिनी गाउपालिका वडा न. २ स्थित शिव मन्दिरमा आज युवा समाज नेपालद्वारा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।

संस्थाका अध्यक्ष अशोक कुमार चौरसियाको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा नेपाल तरुण दल पर्साका सचिव तथा नेपाली कांग्रेस बिन्दवासिनी गा.पा. सन्योजक विवेक कुमार चौरसिया, बिन्दवासिनी गा.पा. का निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश चौहान वडा अध्यक्ष सन्जय चौहान, समाजसेवी उमेश चौरसिया, कमल चौरसिया, मदन साह, बिन्दा कलवार ,उपनेश चौरसिया, आनन्द राज चौहान, विभिन्न पार्टी प्रतिनिधि हरु, सशस्त्र प्रहरी , नेपाल प्रहरी लगायत स्थानीयहरुको व्यापक उपस्थिति रहेको थियो।

आउने दिनमा समाजमा रहेका विभिन्न कुरुतिहरु हटाउदै समाजमा राम्रो कामहरू गर्दै विभिन्न ठाउँमा भइरहेको भ्रष्टाचार निवारणका लागि संस्थाले प्रभावकारी कामहरू गर्ने संस्थाका अध्यक्ष अशोक कुमार चौरसियाले जानकारी दिनु भयो।

कमेन्टहरु