इन्डोनेसियामा भयानक सडक दुर्घटना : कङ्क्रिटको पर्खालमा बस ठोक्किँदा १६ जनाको मृत्यु


जकार्ता, पुस ७ । इन्डोनेसियामा भयानक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। सोमबार स्थानीय समय अनुसार मध्यरातमा ३४ जना यात्रु बोकेको बस कङ्क्रिटको पर्खालमा ठोक्किएको थियो ।यस घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अरू धेरै जना घाइते भएका छन्। बस चालकले नियन्त्रण गुमाएर बस कङ्क्रिटको पर्खालमा ठोक्किएर पल्टिएको खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले जानकारी दिएका छन् । बस राजधानी जकार्ताबाट प्राचीन शाही सहर योग्याकार्ता जाँदै गर्दा सो दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा धेरै जना घाइते भएका । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।
तीव्र ठक्करले गर्दा धेरै यात्रुहरू बसबाहिर खसेका र बसको बडीमा फसेका बुडियोनोले भनेका छन् । दुर्घटनाको लगभग ४० मिनेट पछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर मृतक यात्रुमध्ये ६ जनाको शव निकालेका थिए ।अस्पताल लैजाने क्रममा वा उपचारको क्रममा अन्य १० जनाको मृत्यु भएको बुडियोनोले बताए।

















