सदभाव समिति बिरगंजद्वारा १६४ औं सप्ताह निशुल्क भोजन बितरण

जगत ठाडा मगर
२०७८ साउन २३ | मध्यान्ह ०९:०४ बजे

बिरगंज । सदभाव समिति बिरगंजद्वारा सन्चालित निशुल्क भोजन कार्यक्रमको आज १६४ औं सप्ताह पुगेको रमेश जाटियाले जानकारी दिनु भयो।
सदभाव समिति बिरगंजले बिरगंजको आदर्शनगर चौकमा गरिब, असाहयहरु, घरबार बिहिन, सडकमा दैनिक जीवन गुजार्दै आईरहेका बेसहाराहरु र दैनिक रुपमा रिक्सा, ठेला चलाउनेहरुलाई हरेक सप्ताहको शनिबार बिहानको खाना ३०० देखि ३२५ जनालाई पुग्ने खानाको प्याकेट बितरण गर्दै आईरहेको जाटियाले बताउनु भयो।
निशुल्क खाना बितरण निरन्तर हरेक सप्ताहको शनिबार बितरण गर्दै आईरहेको र यस कार्यमा अहिले सम्म कसैबाट सहयोग नअाएको र हामी साथी भाइ मिलि यसको व्यवस्थापन गर्दै आईरहेको समेत बताए ।
निशुल्क खाना कार्यमा आज उपस्थित भैइ सहयोग गर्नु हुनेमा रमेश जाटिया, तुषार जाटिया, आयुष जाटिया, राज पटेल, अभिषेक हिसारिया, सशान्क केडिया, माधव अग्रवाल रहेका थिए ।






















