वर्तमान व्यवस्था र नेतृत्वको असफलता: राप्रपा उपाध्यक्ष प्रधान


पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी , ७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, उपाध्यक्ष एवं पूर्व मन्त्री ध्रुव बहादुर प्रधानले वर्तमान संघीय ढाँचा र प्रादेशिक संरचना देशका लागि “ठूलो भारी” भएकोले यसलाई सुधार गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
आफ्नो गृह जिल्ला पश्चिम नवलपरासीमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता प्रधानले वर्तमान नेतृत्वले नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो। यदि नेतृत्व परिवर्तन र सुधार नहुने हो भने देश थप संकटमा फस्ने उहाँले टिप्पणी गर्नुभयो।
राप्रपाको मुख्य एजेन्डालाई स्पष्ट पार्दै उहाँले भन्नुभयो कि देशमा परम्परागत संस्कृति, संस्कार र पहिचानको संरक्षण अनिवार्य छ। उहाँले हिन्दू राष्ट्रको पुनःस्थापना र राजतन्त्रलाई एक अभिभावकीय संस्थाको रूपमा कायम राख्नुपर्ने विकल्पका बारेमा पनि चर्चा गर्नुभयो।
पत्रकारहरूसँगको संवादमा उहाँले नेपाल र छिमेकी राष्ट्रहरूबीचको सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो। विशेष गरी खुला सिमानाको व्यवस्थापन र छिमेकीसँगको कुटनीतिक सन्तुलन नमिल्दासम्म देशको अवस्थामा सुधार नआउने उहाँको तर्क छ।
नेपाली जनताले बगाएको पसिना र दिएको बलिदानको उच्च कदर हुनुपर्ने उहाँले बताउनुभयो। प्रधान २०७९ सालमा संघीय निर्वाचनमा पश्चिम नवलपरासी २ बाट संघीय संसदमा निर्वाचित् हुनुभयको थियो ।
https://drive.google.com/file/d/1tDtFHJZAT-QTefntoDbkQErmOMjudrA0/view?usp=sharing























