देश

त्रिविका परीक्षा स्थगित नहुने, परीक्षा नियन्त्रक जोशीको भनाई

जगत ठाडा मगर
२०७८ साउन २३ | मध्यान्ह ०७:०४ बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने कुनै पनि परीक्षा स्थगित नहुने जानकारी दिएको छ ।

हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने जानकारी दिएका छन् । स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ ।

जोशीका अनुसार अब मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहको छ । परीक्षा दिन बाँकी विद्यार्थीहरु पनि थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको जोशीले बताए ।

‘हाम्रो सबै परीक्षाको हिसाब गर्दा २०/३० हजार विद्यार्थी छन्, धेरैजसोको परीक्षा सकिने क्रममा छन्’ उनले भने, ‘त्यसैले त्रिविले तोकेको सबै परीक्षा सञ्चालन हुन्छन् ।’

कमेन्टहरु