बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास


काठमाडौँ, पुस ६। गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास गरिने भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गले गोरखाको बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ ।
तालिममा समापनका अवसरमा नेपाल टे«किङ एजेन्सिस एशोसिएशनका अध्यक्ष सागर पाण्डे र पाँचै गाउँपालिकाका अध्यक्षहरू, बारपाक सुलिकोट गाउँपालिकाका विष्णु भट्ट, अजिरकोट गाउँपालिकाका दीपक देवकोटा, दूधपोखरी गाउँपालिकाका धनप्रसाद, दोर्दी गाउँपालिकाका युवराज अधिकारी र मस्र्याङ्दी गाउँपालिकाका अर्जुन गुरुङले नयाँ पदमार्गको सम्भावनाका बारेमा बोल्नुभएको थियो । तालिमलाई प्राविधिक स्रोत व्यक्ति डा चेतनाथ कनेल र इञ्जिनियर कृष्ण गौतमले सहजीकरण गर्नुभएको थियो भने संयोजन टानका अम्बिर बड्र गुरुङ, युवराज लामा र सुश्री पवित्रा तामाङले गर्नुभएको थियो ।


















