पश्चिम नवलपरासी कांग्रेसमा नयाँ तरङ्ग: गगन थापाको नेतृत्वका लागि नेताहरूको शक्ति प्रदर्शन

नवलपुर टुडे
२०८२ पुस ६ | बिहान ०८:०९ बजे

पुरुषोत्तम सुबेदी
नवलपरासी । नेपाली कांग्रेसको आगामी महाधिवेशनको पूर्वसन्ध्यामा पश्चिम नवलपरासीको राजनीतिमा नाटकीय परिवर्तन देखिएको छ। जिल्लाका प्रभावशाली र पुराना नेताहरू बिच नयाँ समीकरण बनेसँगै गगन थापा समर्थकहरूको एउटा ‘टिम’ औपचारिक रूपमा मैदानमा उत्रिएको हो।
यसपटकको राजनीतिक ध्रुवीकरणले जिल्लामा मात्र नभई केन्द्रसम्मै विशेष अर्थ राख्ने देखिएको छ । पार्टीभित्र आमूल परिवर्तन र पुस्तान्तरणको मुद्दा उठिरहेका बेला पश्चिम नवलपरासीका केहि नेताहरूले गगन थापाको पक्षमा उभिने निर्णय गरेका हुन्।
https://drive.google.com/file/d/1uWSdywtw1KQB6w3jDLUy59N5bP9VK4Np/view?usp=sharing






















