आज देशभरको मौसम कस्तो रहला ?

नवलपुर टुडे
२०८२ पुस ६ | बिहान ०७:०९ बजे

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा मा हुस्सु लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ । देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

















