राजनीति

दुई विद्यार्थी संगठन बिच एकता, बने केन्द्रीय संयाेजक मुक्ति गैरे

नवलपुर टुडे
२०८२ पुस ५ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । दुई संगठन बिच एकता घाेषणा भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) र विद्यार्थी स्वयंसेवक नेपाल बिच आज एकता घाेषणा भएको छ ।एकता घाेषणाले १४ बुँदे सार्वजनिक आधार र प्रतिबद्धता घाेषणा गर्दै भनेको छ `हाम्रो यस दुई विद्यार्थी संगठनको एकता पछि बनेको संगठनको नाम ‘विद्यार्थी स्वयंसेवक नेपाल’ राख्नेछौं ।, एकता पछि दुई संगठनको केन्द्रीय समिति भेला वा राष्ट्रिय सम्मेलनमा परिणत गरेका छौं।

जसको केन्द्रीय संयोजक मुक्ति गैरे रहनु भएको छ भने दुवै संगठनका केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्यहरूलाई भेला वा राष्ट्रिय सम्मेलन आयोजक समितिमा परिणत गरेका छौं।, यस संगठनको मुल नारा ‘सम्पूर्ण प्रगतिशील तथा देशभक्त विद्यार्थी एक जुट होऔं’ । हुनेछ ।, झण्डा ‘तारा र कलमलाई मुठ्ठीले समाएको’ हुनेछ ।, विश्वविद्यालय देखि विद्यालय सम्म हाम्रो प्राज्ञिक एवम् प्रशासनिक अधिकारको सुनिश्चित गर्न ‘विद्यार्थी काउन्सिल’ को लागि अनवरत संघर्ष गर्नेछौं ।´ एकताको वक्तव्य जस्ताको त्यस्तै :
`एकताको घोषणा वक्तव्य
न्याय, अधिकार र प्रगतिशील आन्दोलनमा निरन्तर संघर्षरत हामी दुई विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र विद्यार्थी स्वयंसेवक नेपाल बिच एकता भएको घोषणा गर्दछौं। हाम्रो एकताको साझा आधार र प्रतिबद्धताहरू सार्वजनिक गर्न चाहान्छौं ।

१) यतिबेला हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविका पुर्ण रूपमा पुँजीवादी-साम्राज्यवादीहरूले नवऔंपनिवेशिक दलालहरू मार्फत चिरहरण गरेकोले हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई पुर्ण रूपमा प्राप्ति गर्नका लागि अनवरत संघर्ष गर्नेछौं ।
२) न्याय, अधिकार र प्रगतिशिल आन्दोलनमा युवा विद्यार्थीहरूले गरेको हरेक पटकको त्याग, समर्पण र बलिदानहरूलाई सलाम गर्दै हाम्रो न्याय, अधिकार र प्रगतिशील आन्दोलनलाई थप उचाइ प्रदान गर्न दृढ संकल्प व्यक्त गर्दछौं।
३) पुँजीवादी-साम्राज्यवादले थोपरेको अन्याय पुर्ण युद्धका विरुद्ध न्यायपुर्ण युद्ध महान समाजवादी क्रान्तिको बाटोलाई हार्दिक अभिवादन व्यक्त गर्दै साम्राज्यवादी उत्पिडनका विरुद्ध लडिएका महान न्यायपुर्ण युद्धहरु प्रति ऐक्यबद्धता जाहेर गर्दछौं। साथै विश्वका विभिन्न देशहरूमा चलेका प्रगतिशील समाजवादी आन्दोलन प्रति समर्थन र ऐक्यबद्भुता जनाउदै फासिवादी दमन र हत्याको कडा निन्दा र भत्सर्ना गर्दै गिरफ्तार योद्धा र युवा विद्यार्थीको निसर्त रिहाइको माग गर्दछौं।
४) हाम्रो नैसर्गिक, मौलिक र संवैधानिक अधिकारहरू शिक्षा, स्वास्थ्य, आवास, रोजगार, सुचना सम्प्रेषण, खेलकुद र मनोरन्जनहरू निशुल्क रूपमा प्राप्ति गर्न अनवरत संघर्ष गर्नेछौं।
५) विश्वविद्यालय देखि विद्यालय सम्म हाम्रो प्राज्ञिक एवम् प्रशासनिक अधिकारको सुनिश्चित गर्न ‘विद्यार्थी काउन्सिल’ को लागि अनवरत संघर्ष गर्नेछौं ।
६) विद्यालय देखि विश्वविद्यालय सम्म गरिने चरम शोषण, वर्गीय एवम् जातीय, लैङ्गिक, क्षेत्रीय विभेद, उत्पिडन, छुवाछूत, हिंसा, बलत्कार र यातनाहरूको विरुद्धमा न्याय प्राप्ति गर्न अनवरत संघर्ष गर्नेछौं ।
७) विद्यालय देखि विश्व विद्यालय एवम् राज्यको प्रत्येक प्रशासनिक निकायहरूमा निशुल्क र सर्वसुलभ सेवाहरू प्राप्तिका लागि संघर्ष गर्नेछौं ।
८) त्याग, समर्पण र बलिदानबाट विश्वविद्यालय, क्याम्पस र विद्यालय सम्म प्राप्त भएको स्ववियु, विद्यार्थी कल्याणकारी परिषद्, प्राज्ञिक र प्रशासनिक अधिकारको लागि अनवरत संघर्ष गर्नेछौं ।
९) विगत देखि अहिलेसम्म युवा विद्यार्थीहरूले गरिरहेको निरन्तर त्याग, समर्पण र बलिदानबाट प्राप्त सम्पुर्ण उपलब्धिहरूको रक्षा, कार्यवन्यन र अधिकारका लागि अनवरत संघर्ष गर्नेछौं ।
१०) हाम्रो यस दुई विद्यार्थी संगठनको एकता पछि बनेको संगठनको नाम ‘विद्यार्थी स्वयंसेवक नेपाल’ राख्नेछौं ।
११) एकता पछि दुई संगठनको केन्द्रीय समिति भेला वा राष्ट्रिय सम्मेलनमा परिणत गरेका छौं। जसको केन्द्रीय संयोजक मुक्ति गैरे रहनु भएको छ भने दुवै संगठनका केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्यहरूलाई भेला वा राष्ट्रिय सम्मेलन आयोजक समितिमा परिणत गरेका छौं।
१२) यस संगठनको मुल नारा ‘सम्पूर्ण प्रगतिशील तथा देशभक्त विद्यार्थी एक जुट होऔं’ । हुनेछ ।
१३) झण्डा ‘तारा र कलमलाई मुठ्ठीले समाएको’ हुनेछ ।
१४) यो एकता पछि बैठक बसि थप कार्यक्रमहरू सार्वजनिक गर्दै अगाडि बढ्‌ने छौं।
मुक्ति गैरे
अध्यक्ष
अखिल क्रान्तिकारी)
मनु शर्मा
संयोजक
विद्यार्थी स्वयंसेवक नेपाल
मिति २०८२ पुस ५ गते´

WhatsApp Image 2025 12 20 at 15.32.31 1

कमेन्टहरु