देश

समाजसेवी चौधरीद्वारा राहत वितरण

जगत ठाडा मगर
२०७८ साउन २३ | मध्यान्ह ०६:०४ बजे

बबिता मण्डल
लहान नगरपालिका स्थायी घर भएका नेपाली कांग्रेसका जिल्लाका चर्चित नेता महेश चौधरीले राहत वितरण गरेको छन ।

photo 2021 08 07 18 15 08

लाहान नगरपालिका वडा नं २० र २२ लगायतका स्थानका गरीब ,दलित , विपन्न ,राज्यको सेवा सुबिधाबाट वञ्चित लगायतका परिवारलाई करिब ४ क्युन्टल ५०किलो चामल , नून ,खानेतेल , दाल ,आलु ,मात्र लगायतका दैनिक उपभोग्य सामग्री घरमै गएर वितरण गरेका हुन् ।

समाज सेवाको यात्रामा निरन्तर अघि बढने क्रममा २०७८/०२/ २२ गते स्वर्गिय संगीता कर्माचार्यको अंतिम ईच्छालाई पूरा गर्नको लागि व्यक्तिगत लगानीमा संगीता कर्माचार्य प्रतिष्ठानद्वारा उक्त सहयोगलाई सदैव निरन्तरता दिने उद्देश्यले प्रत्येक महिनाको २२ गते राहत वितरण कार्यलाई निरन्तरता दिने समाजसेवी चौधरी बताउनुहुन्छ ।

स्मरण रहोस् चौधरी निरन्तर लाहान नगरपालिका लगायत सिरहा जिल्लाको सामाजिक सेवामा निरन्तर रूपमा काम गरिरहनु भएको छ ।

कमेन्टहरु