रेलसँग हात्तीको बथान ठोक्किदाँ ८ हात्तीको मृत्यु, ५ डिब्बा ट्र्याकबाहिर

एजेन्सी
२०८२ पुस ५ | मध्यान्ह १२:०९ बजे

असम, पुस ५। भारतको असमस्थित होजाई जिल्लामा शनिबार बिहानै एउटा ठुलो रेल दुर्घटना भएको छ। तीव्र गतिमा गुडिरहेको रेलसँग हात्तीको बथान ठोक्किँदा आठवटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ भने एउटा हात्ती गम्भीर घाइते भएको छ।हात्तीलाई ठक्कर दिएपछि रेलको इन्जिनसहित पाँचवटा डिब्बा पटरीबाट खसेर दुर्घटनाग्रस्त भएका छन्। नर्थ इस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अनुसार नयाँ दिल्लीतर्फ जाँदै गरेको उक्त रेल राति करिब २स्१७ बजे दुर्घटनामा परेको हो।
रेलवे प्रशासनले जारी गरेको आधिकारिक बयानमा यो दुर्घटना हात्ती हिँड्ने निश्चित गरिएको ‘कोरिडोर’ क्षेत्रमा नभई अन्यत्रै भएको उल्लेख छ। अहिले घटनास्थलमा उद्धार कार्य जारी छ र रेल सेवा सुचारु गर्ने प्रयास भइरहेको छ।

















