मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
दुर्गमका विद्यार्थीलाई न्यानो लुगा वितरण


बाजुरा, पुष ३ । बाजुरा जिल्ला हिमाली गाउँपालिका -६ पाँडी गाउँमा रहेकोे खोली डाडा आधारभूत विधालयका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । सोही विधालयका १ सय ३ जना विद्यार्थीहरुलाई कपडा र गाउँकि १० जना महिलाहरुलाई न्यानो समय लगाउन मिल्ने कपडा वितरण गरिएको छ । क्रिसमस शुभकामना आदानप्रदान तथा उपहार वितरण कार्यक्रम आयोजना विद्यार्थी न्यानो लुगा वितरण गरेको हो ।
सहयोग गर्ने क्रिसमस तिमीहरूलाई धन्यवाद दिएका छन । यसले विद्यार्थीहरुको मुहार फेरिएको छ । आगामी दिनहरूमा यस्तै सहयोग पाउने अपेक्षा गरिएको छ । क्रिसमस टिमलाई फुल माला लगाएर स्वागत तथा नित्य प्रदर्सन गरेर भव्य स्वागत गरिएको प्रधानाध्यापक रमिला रावलले बताएकी छ्न । दुर्गम ठाउँमा चिसो कपडा विद्यार्थीहरुले पाउदा खुशी छौँ ।
सबै अभिभावक सहयोग पाउँदा खुसी हुने हामी सबैलाई सहयोगी गर्ने भावना हुनुपर्छ । हामी संग भएको अरुलाई सहयोग दिन सकिनु पर्छ । सहयोगी भावना सहयोगी हातहरु भयो समाज परिवर्तन गर्न सकिन्छ । सहयोग गर्ने क्रिसमस टिमलाई धेरै धन्यवाद दिएका छन । यस्ता दुर्गम अन्य ठाउँमा पनि सहयोग पुर्याएर हातेमालो गर्न समेत आग्रह गरेको हिमाली गाउँपालिका -६ का वडा अध्यक्ष प्रेमलाल भण्डारीले बताएका छ्न ।






















