समाचार

आज कतारको १४७ औ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाउदै

रामएकवाल राम
२०८२ पुस ३ | बिहान ११:०९ बजे

दोहा । मध्यपूर्वको समृद्ध राष्ट्र तथा नेपाली श्रमिकका लागि प्रमुख गन्तब्यका रुपमा रहेको कतारले आज डिसेम्बर १८ तारीख १४७ औ राष्ट्रिय दिवस मनाउँदै छ। तत्कालिन शेख जसिम विन मोहमम्द विन थानीले १८७८ मा देशलाई गरेको ऐतिहासिक योगदानको सम्झनामा यो दिवस मनाइँदै आएको कतारको संस्कृति मन्त्रालयले जनाएको छ।

तीन वर्षपछि पुनः हुन लागेको परेडको दिन कतारका राजा  अमिर शेख तमिम बिन हमद अल थानीको शब्दबाट प्रेरित राष्ट्रिय दिवसको नारालाई आधार बनाएर आयोजना गरिनेछ। जसले राजा र प्रजा बिचको एकता, समर्पण र राष्ट्रिय गर्व एकतालाई  मजबुत बनाउने मन्त्रालयले जनाएको छ ।

संस्कृति मन्त्रालयका अनुसार, राष्ट्रिय परेड कतारको इतिहास, सांस्कृतिक विरासत र पुस्तौँदेखि गर्दै  आएको राष्ट्रिय पहिचानको प्रतीक हो । यसले देशको प्रगतिमा योगदान दिने पूर्वजहरूको बलिदानलाई स्मरण गर्दै नागरिकहरूमा गर्व, निष्ठा र ऐक्यबद्धताको भावना थप प्रबल बनाउनेछ । मन्त्रालयले परेडले पुस्ताबिचको निरन्तरता र देशप्रति प्रतिबद्धताको भावना पुनः जागृत गर्दै कतारलाई सम्मान र प्रतिष्ठातर्फ अघि बढाइराख्ने सन्देश दिने बताएको छ ।

कमेन्टहरु