लागुऔषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ

सुनसरी । सुनसरी जिल्लाको कोशी गाऊँपालिका ८ भण्टाबारी स्थित रहेको नेपाल भारत चार कोने सिमा नाकाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले २४९० मिलिग्राम, नगद रु. २० हजार ७ सय भारतीय नोट र ११ सय नेपाली नोट र मोबाइल एक थानसहित पक्राउ गरेको गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका भोक्रहा नरसिंह -२ बस्ने १८ वर्षीय ओसीम अंसारी सशस्त्र प्रहरीले नियन्त्रण लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश दत्त पाण्डेयले जानकारी दिए । उनले भने, “हाम्रो टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको थियो, थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यलय भण्टाबारी बुझाएको सशस्त्र प्रहरीले बताए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश दत्त पाण्डेयले भने लागूऔषध ओसारपसार पक्राउ गर्न सुरक्षा चेकजाँचलाई अझ थप कडा बनाइएकाले सफलता हात परेको बताए। पछिल्लो समयमा” लागूऔषध ओसारपसार पक्राउ र नियन्त्रणमा सुनसरी सशस्त्र प्रहरी र नेपाल प्रहरी दुबै निकाय निकै आक्रमक बनेका देखिन्छन् ।























