देश

अर्घाखाँचीबाट संघीय संसदका लागि नारायण प्रसाद खनालद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

नन्द किशोर कुर्मी (लालु)
२०८२ मंसिर २९ | मध्यान्ह ०४:०८ बजे
  1. अर्घाखाँचीबाट संघीय संसदका लागि नारायण प्रसाद खनालद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

अर्घाखाँची – लामो समयदेखि समाजसेवा, आध्यात्मिक मार्गदर्शन र सांस्कृतिक संरक्षणमा सक्रिय रहेका जिल्लाका प्रतिष्ठित व्यक्तित्व श्री नारायण प्रसाद खनालले आगामी फागुन २१ गते हुने संघीय संसदीय निर्वाचनका लागि अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उमेदवारी घोषणा गर्नुभएको छ।

राजनीतिक इतिहासमा कुनै पनि दलको सदस्यता नलिएर निष्कलंक छविमा रहनुभएका खनाल लामो समय विदेशमा बसोबास गर्दा पनि मेचीदेखि महाकालीसम्मका नेपालीहरूको समस्या समाधानमा अग्रपंक्तिमा रहेर सेवा गर्ने व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ । आफ्नै सभ्यता, संस्कृति र मौलिक पहिचानप्रति गहिरो आस्था राख्दै निरन्तर योगदान दिँदै आउनुभएको उहाँलाई **राष्ट्रपति कार्यालयद्वारा ‘समाजसेवा पदक’**ले सम्मानित गरेको थियो।

विभिन्न सामाजिक संघ–संस्थामा नेतृत्वदायी भूमिका सम्हाल्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवसेवाका उदाहरणीय काम गर्नुभएका खनाल भ्रष्टाचार अन्त्य गर्दै विकास र समृद्धिको मार्ग निर्माण गर्न दृढ संकल्पित रहेको बताउनुहुन्छ।

मौलिक धर्म, संस्कृति, भाषा र सभ्यताको संरक्षण, पारदर्शी शासक व्यवस्था तथा ईमानदार नेतृत्व नै समृद्ध नेपालको आधार हो भन्ने विश्वासका साथ खनालले अर्घाखाँचीका मतदातासामु आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको हो।

स्वतन्त्र, उत्तरदायी र जनमुखी राजनीतिको आवश्यकता बढ्दै गएको वर्तमान परिवेशमा खनालको उम्मेदवारीले जिल्लामा नयाँ वैकल्पिक ऊर्जा थपेको जनस्तरमा टिप्पणी गरिएको छ।

कमेन्टहरु