आज यी चार प्रदेशमा आंशिक बदली

नवलपुर टुडे
२०८२ मंसिर २९ | बिहान ०७:०८ बजे

काठमाडौं, मंसिर २९। केही प्रदेशमा आंशिक बदली भए पनि आज देशभर मुख्यतया मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर मौसम मुख्यतया सफा रहनेछ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।






















