सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालयको ४४ औ वाषिर्कोत्सव एवम् अभिभावक दिवस सम्पन्न


मनु गुरुङ
बुटवल । बुटवल उपमहानगरपालिका- ७ मा रहेको सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालयको ४४ औ वाषिर्कोत्सव एवम् अभिभावक दिवस समारोह २०८२ सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षता सागर प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रम शिक्षकको गुणस्तर राम्रो हुनुपर्छ र समाजमा हरेक राम्रो काम गर्नेलाई हौसला दिनुपर्छ,राम्रो पढाउने शिक्षकलाइ सम्मान गर्नुपर्छ शिक्षकको समर्पन बिद्यार्थीको मेहनत र अभिभावकको विस्वासले शिक्षामा राम्रो हुन्छ । बुटवल उपमहानगरपालिकाले कुरामा होइन काममा बिस्वास गर्ने बताए । पाण्डेले वार्षिक उत्सवको अवसरमा नवनिर्मित भवनको समेत उदघाटन गरेका थिए ।
कार्यक्रममा वडा ७ अध्यक्ष पदम राज गाहा प्रध्यानाध्यापक दिननाथ गिरि, शिक्षक अभिभावक सघ अध्यक्ष कृण्ण प्रसाद ज्ञवाली,निर्माण समिति अध्यक्ष शान्ता शर्मा लगायतले बवेलनु भएको थियो ।
कार्यक्रममा २०८१ को एसईई परिक्षामा नेपालकै सर्वाेत्कृष्ट जिपिय ४ ल्याउने छात्रा सुदिक्षा सुवेदीलाई २० हजार नगदसहित सम्मान साथै एसईईमा उतिर्ण बिद्यालयको ४४ औं ऐतिहासिक बार्षिकोत्सव समारोहमा अभिभावक, शिक्षाप्रेमी, सामाजिक अभियन्ताहरु, भद्र भलाद्मी, राजनैतिक व्याक्तित्व, सामाजिक ब्याक्तित्वहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अक्षयकोष दाताहरु, चन्ददाताहरु, निर्माण समितिका पदाधिकारीहरु, विभिन्न कलाकारहरु, विभिन्न विद्यालयक शिक्षकहरू, पत्रकारहरु उपस्थिति का साथै सम्मान गरिएको थियो ।
कार्यक्रममा कलाकारसहित बिभिन्न नाचगान गरी मनाउनु का साथै स्काउटका बिधार्थीहरुले पनि आफ्नो कला प्रस्तुत गरेको थियो । कार्यक्रम सचांलन कैलास गौतमले गरेका थिए।






















