घटना

आगलागीमा परेर एक वृद्धको मृत्यु

रासस
२०८२ मंसिर २८ | मध्यान्ह ०४:०८ बजे

सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो ।

 
 
 

आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी रु १० लाख बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।

कमेन्टहरु