युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने


काठमाडौँ, मंसिर २७। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताउनुभएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताउनुभयो । आफूले कोभिड महामारीको समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उहाँले गर्नुभयो ।
आज प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग भएको भेटमा देशको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीले पुयाउनुभएको योगदानको सधैँ कदर हुने नेता कोइरालाले बताउनुभयो ।
“सयौँ योद्धा र युवाको योगदानले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ”, उहाँले भन्नुभयो, “पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ ।”






















