स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै


अडिसन शनिबार बिहान ९ बजेबाट नारायणी नमूना माविमा सुरु हुने प्रतियोगिताका निर्णायक आरिफ अलीले जानकारी दिए । अडिसनमा उमेरको हकमा १३ देखि २१ वर्ष तथा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने उनले बताए । अडिसनको निर्णायकमा आरिफ अलीसँगै निर्माता डि सापकोटा, सह निर्माता विश्वास घिमिरे र निर्देशक इमरान अली रहनेछन्।
स्टुडेन्ट अफ द इयर नेपालकै उत्कृष्ट रियालिटी शो भएको अलीले दाबी गरेका छन् । नेपालका विभिन्न ११ शहरबाट अडिसनमार्फत दुई सय जना विद्यार्थी छनौट गरिनेछ । यसैका लागि शनिबार चितवनमा अडिसन गर्न लागिएको उनले बताए । यस अघि बिर्तामोड, बिराटनगर, धरान र पोखरा गरी चार शहरमा अडिसन सम्पन्न भईसकेको छ । जसबाट ५० जना भन्दा बढी छनौट भईसकेका छन् ।
चितवनपछि जनकपुर, बुटवल, धनगढी, ललितपुर, भक्तपुर र काठमाडौंमा अडिसन । हुनेछ । राष्ट्रियस्तरको विद्यार्थी प्रतिभा खोजी अभियान भएकाले नेपालभरि रहेका प्रतिभावान् विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
अडिसनबाट छनौट भएका दुई सय जनाबाट ४० जनामा छनोट गरिनेछ । जसबाट १० जना छनौट हुने र त्यसबाट ५ जना उत्कृष्ट ५ विजेता छनौट हुने सह निर्माता विश्वास घिमिरेले जानकारी दिए । विजेताले नगद पाँच लाख र पाँच लाख बराबरको छुट्टै छात्रवृत्ति पाउनेछ । रनर अपहरुको पुरस्कार घोषणा पछि गरिनेछ ।
यस प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो क्षेमता प्रस्तुत गर्ने अवसर पाउनुका साथै आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता अभिवृद्धिको मौका पाउने घिमिरेले बताए । प्रतियोगिताको पहिलो एपिसोड डिसेम्बर १९ मा हिमालयन टेलिभिजनमा प्रसारण हुनेछ ।






















