मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
दुर्गम हिमालीका विद्यार्थीलाई झोला र न्यानो लुगा वितरण


बाजुरा , मंसिर २४ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका ३ सय ५९ जना विद्यार्थीहरुलाई झोला र न्यानो लुगा वितरण गरिएको छ । नेपालका साथिहरु (friends of Nepal ) नामक संस्था र स्वामीकार्तिक खापर गाउँपालिकाकाे सहकार्य साथै नागरिक सेवा सरकार मञ्चकाे समन्वयमा हिमाली गाउँपालिका- ४ फैती गाउँमा रहेकोे शैलेश्वरी माद्यामिक विधालयमा २ सय ३६ जना विद्यार्थीहरुलाई झोला र बोर्ता गाउँको नेपाल राष्ट्रिय आधारभूत विधालय १ सय २३ जना बिद्यार्थीहरुलाई झाेला र न्यानो लुगा वितरण गरिएको विधालय प्रधानाध्यापक गोपानन्द पाण्डेले बताउनुभयो ।
नेपाल साथीहरू नामक संस्था काठमाडौ २०५९ सालमा स्थापना भएको हो । यसले विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रहरुमा केही सहयोग गर्न सकिन्छकी भनेर काम सुरु गरेका हौं । विशेषगरी नेपालका दुर्गम विकट क्षेत्रका बालबालिकालाई केही सहयोग गर्न सकिन्छ कि भनेर महिला तथा बालबालिका केही सहयोग गर्न सकिन्छ भनेर स्वास्थ्य शिविर सञ्चालन गर्ने गाउँमा आवस्यकता अनुसार भवन तथा अस्पतालहरु निर्माण गर्दिने काम गरेका छौँ । यो भन्दा दुई वर्ष अगाडि हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकामा सात दिने स्वास्थ्य शिविर समेत सञ्चालन गरेको नेपालका साथीहरु नामक संस्थाकी बेनी हेजुले बताउनुभयो ।
दुर्गम ठाउँमा आएर यहाँका गरिबीपन पछाडी परेका बालबालिकालाई झोला र न्यानो लुगा दिदा निकै खुसी भएका छन । विद्यार्थीहरुलाई सहयोग गर्ने संस्था नेपालका साथीहररु संस्थालाई धेरै धन्यवाद दिएका छन । कसैका बालबालिका झोला नपाएर स्कुलमा पढ्न समस्या र विशेषगरी हिउँद सिजन चिसो हुँदा केही बालबालिका पठनपाठन समस्याहरुको अहिले संस्थाले न्यानो लुगा र झोला उपलब्ध गराउदा धेरै जसो विद्यार्थीहरु खुशी भएका हिमाली गाउँपालिका गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
उक्त कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा , समाजसेवी तथा सामाजिक अगुवा जनेश भण्डारी, साथीहरूको नेपाल संस्थाकी प्रतिनिधि बेनी हेजु सहित शिक्षक र विद्यार्थीहरुको बाग्लाे उपस्थितिमा झाेला र न्यानो लुगा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।






















