आज देशभरको मौसम कस्तो रहला ?

नवलपुर टुडे
२०८२ मंसिर २४ | बिहान ०६:०८ बजे

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

















