मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामीकार्तिकका विद्यार्थीहरुलाई झोला र न्यानो लुगा वितरण

उमेश रोकाया
२०८२ मंसिर २२ | मध्यान्ह ०८:०८ बजे

बाजुरा , मंसिर २२ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका ३ सय १७ जना विद्यार्थीहरुलाई झोला र न्यानो लुगा वितरण गरिएको छ । नेपालका साथिहरु (friends of Nepal ) नामक संस्था र स्वामीकार्तिक खापर गाउँपालिकाकाे सहकार्य साथै नागरिक सेवा सरकार मञ्चकाे समन्वयमा स्वामीकार्तिक खापर गाउँपालिका वडा न. २ स्थिति राघुमाथा माद्यामिक विधालय, कालिका आधारभूत विधालय, रुपालि, आधारभूत विधालय र सुपाना आधारभूत विधालय गरि ३ सय १७ बिद्यार्थीहरुलाई झाेला र न्यानो लुगा वितरण गरिएको छ ।

‎दुर्गम ठाउँमा आएर यहाँका गरिबी भोका नाङ्गा घरपरिवारका विधालयमा गैरहेका बालबालिका लाई झोला र न्यानो लुगा दिदा निकै खुसी भएका छन । सहयोग गर्ने संस्था नेपालका साथीहरूको टिमलाई धेरै धन्यवाद दिएका छन । जुन विधालयमा विद्यार्थी सहयोग मिल्यो त्यसले बालबालिका राहत स्वरुप भएको छ । कसैका बालबालिका झोला नपाएर स्कुलमा पढ्न समस्या र विशेषगरी हिउँद सिजन चिसो हुँदा केही बालबालिका पठनपाठन समस्या पर्ने गर्थे । अहिले संस्थाले न्यानो लुगा र झोला उपलब्ध गराउदा धेरै जसो विद्यार्थीको मुहार फेरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

उक्त कार्यक्रममा स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकाया, नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति सभापति महेश कटेल, समाजसेवी तथा सामाजिक अगुवा जनेश भण्डारी,friends of Nepal संस्थाकी प्रतिनिधि बेनी हेजु र जनप्रतिनिधि अभिभावक  विद्यार्थीहरुको बाग्लाे उपस्थितिमा झाेला र न्यानो लुगा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कमेन्टहरु