मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समिति सभापतिमा गिरी चयन

उमेश रोकाया
२०८२ मंसिर २० | मध्यान्ह ०४:०८ बजे

बाजुरा , मंसिर २० । नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समिति सभापतिमा विरेन्दराज गिरी चयन भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समितिले बाजुरा–काठमाडौं सम्पर्क समितिको सभापति गिरी रहने गरी तदर्थ समिति गठन गरेको हो । त्यस्तै सम्पर्क समितिको उपसभापतिमा राजेश सिंह, शुशिला कुमारी रोकाया, सचिवमा अर्जन पाण्डे चयन भएका छन् ।

यस्तै सहसचिवमा तेज बहादुर ऐडी, नर बहादुर ऐडीसहित ११ जना सदस्य रहने गरी तदर्थ समिति गठन गरिएको नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावले बताएका छन् । उनले नेपाली कांग्रेसकाे विधान, नियमावली तथा नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समितिको विधान बमोजिम समिति गठन गरिएको बताए । त्यस्तै पार्टी जिल्ला सभापति रावलले विधानको अधिनमा रही ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरिएको पनि गरिएको छ ।

कमेन्टहरु