बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

रासस
२०८२ मंसिर १९ | बिहान ११:०८ बजे

बैतडी । जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।
उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए ।


















