देश

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन् : परीक्षा भन्दा जीवनरक्षा जरुरी

जगत ठाडा मगर
२०७८ साउन २२ | मध्यान्ह ०१:०४ बजे

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षा जरुरी रहेको र परीक्षाभन्दा जीवन रक्षा झनै जरुरी भएको बताएका छन्।

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै संचालन गर्ने भनिरहेको बेला बढ्दो कोरोना संक्रमणको अवस्थालाई लक्षित गर्दै शर्माले यसो भनेका हुन्।
‘कि सुरक्षाको भरपर्दो व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि #CancelNEBExams म मेरो छोरीको सुरक्षित भविष्य चाहन्छु।

त्यसैले चाहन्छु अरु धेरै छोराछोरीको भविष्य सुरक्षा होस। सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौं हामी,‘ उनले भनेका छन्। कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुँदै छ।

कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय परीक्षाबोर्डले गरेको थियो। रासस

कमेन्टहरु