धर्म–संस्कृति/रीतिथिति

बुटवलस्थित बाजेबजै थानमा सामुहिक रुपमा कुल (पितृ) पूजा सम्पन्न

नवलपुर टुडे
२०८२ मंसिर १९ | बिहान ०५:०८ बजे

मनु गुरुङ
बुटवल । बुटवल- ७ दीपनगरस्थित बाजेबजै थानमा आफ्ना पितृहरुको सम्झनामा सामुहिक रूपमा कुल (पितृ) पूजा सम्पन्न गरेका छन् । मगरहरुको सास्कृतीक पर्व मसिंरे पुर्णिमा मसिंर १८ गते पितृ बाजे बज्यै पुजा बुटवल नगरभित्र बसोबास गर्ने सम्पुर्ण मगर समुदायको उपस्थितिमा भव्य रुपमा सु सम्पन्न गरेको हो ।

‎देशका विभिन्न ठाउँबाट बुटवलमा बसाेबास गर्ने मगर समुदायले आफ्ना पितृहरुको सम्झनामा बाजेबजै थानमा सामुहिक रूपमा कुल (पितृ) पूजा गरेका हुन् । ‎नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा हरेक वर्ष झै यसपटक पनि बाजेबजै थानमा विशेष पूजा सम्पन्न गरेका हुन् ।

सो अवसरमा आयोजित विशेष कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमूख खेलराज पाण्डेयले मगर समुदाय सांस्कृतिक र भाषिक रुपमा समृद्ध रहेको बताउँदै यसलाई संरक्षण र प्रवर्द्वन गर्न जरुरी रहेको जोड दिए । बुटवल उपमहानगरले मगर ढुट भाषामा नागरिक वडापत्र राखेर मगर समुदायको भाषा संरक्षणको सुरुवात गरेको बताए ।

‎बुटवलमा बसोबास गर्ने हरेक समुदायको भाषा र संस्कार संस्कृतिलाई बचाउन नगरपालिकाले कन्जुस्याई नगर्ने उनको भनाई थियो । सांस्कृतिक रुपमा धनी मगर समुदायले शैक्षिक र आर्थिक समृद्धिको कुरामा समेत ध्यान दिन बढी जरुरी रहेकोमा जोड दिए ।

‎नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, बुटवल उपमहानगरपालिका- १९ का वडा अध्यक्ष चन्द्रसिं थापा, नेपाल मगर संघका केन्द्रीय सदस्य धनी आले, मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरे, सल्लाहकार किसन बहादुर थापा, शिवनगर सामुदायिक वन उपभोक्ता समितिका सहसचिव शिव अधिकारी लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

‎संघका बुटवल नगर उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बुढाथोकीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मगर समुदायले हरेक वर्ष मंसिर अन्तिम शुक्ल पूर्णिमाको दिन आफ्ना पितृहरुको स्मरण गर्दै बाजेबजैलाई पूजाआजा गर्ने प्रचलन रहेको छ

‎मगरहरूले लाखौं रकम खर्च गरेर बाजेबजै थान तथा पिकनिक सेडहरू निर्माण गरे पनि त्यहाँसम्म पुग्ने सडक राम्रो नहुदा दुर्घटनाको जाेखिम बढेको मगर संघ बुटवल-८ की पुर्व अध्यक्ष तथा महिला नेतृ धनीसरा दर्लामीले बताइन् ।

‎बाजे बजै थानमा जाने सडक स्तराेन्नतीका लागि गत बर्ष नगरपालिकाबाट बजेट छुट्टयाइएको भए पनि सामुदायिक बन उपभोक्ता समितिले सहमति नदिदा रकम फ्रिज भएको नेपाल मगर संघ रूपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरेकाे गुनासो थियोे । साे अवसरमा मगर समुदायका बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सो अवसरमा प्रथम सहिद क्या लखन थापा मगर र मगर आदिकवि स्व जितबहादुर सिजालीं मगरको शालिक अनावरण गरिएको थियो ।

कमेन्टहरु