समाचार

पूर्वसांसद गंगा थारुमाथि स्थानीय महिलाद्वारा कुटपिट

नवलपुर टुडे
२०८२ मंसिर १३ | बिहान ०६:०८ बजे

काठमाडौँ । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । गाउँमै भएको  बाटोसम्बन्धी  छलफलको क्रममा वादविवाद चर्किएपछि  उनीमाथि उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ ।

राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि उनीमाथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको बताइएको छ । घटनापछि गंगाको घुडामा चोट लागेको छ भने उनका अनुसार मंगलसूत्रसमेत हराएको छ।  

कमेन्टहरु