मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

रासस
२०८२ मंसिर १२ | मध्यान्ह ०५:०८ बजे

काठमाडौँ, मंसिर १२। यही मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने भएको छ । पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ । सो नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक्ता राजु थापाले जानकारी दिनुभयो ।
पार्टी घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।


















