बाऊन्नकोटी सामुदायिक वन उपभोक्ता समूहकाे नवनिर्वाचित सम्पूर्ण कार्यसमितिको सपथ ग्रहण


सुपौली । रुपन्देहीको तिलोत्तमा नगरपालिका, सियारी, ओमसतियाकाे सिमानामा पर्ने बाऊन्नकोटी सामुदायिक वन उपभोक्ता समूहकाे नवनिर्वाचित सम्पूर्ण कार्यसमिति तथा लेखा समितिका पदाधिकारीहरु तथा २५ सदस्यीय नयाँ कार्यसमितिको सपथ ग्रहण सम्पन्न भएको छ।
नव निर्वाचित कार्यसमितिमा अध्यक्ष तारा प्रसाद छन्तेल, उपाध्यक्ष लक्ष्मण भट्टराई , सचिव दुर्गी कुमारी राना , कोषाध्यक्ष तारा कुँवर,सह- सचिव श्याम बस्याल लगायत सम्पूर्ण सदस्यहरुलाई सपथ ग्रहण गराइएको हो।कार्यक्रमका जेष्ठ सदस्य तथा पूर्व अध्यक्ष कृष्ण प्रसाद शर्माले अध्यक्ष छन्तेललाई र नव निर्वाचित अध्यक्ष छन्तेलले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए। कार्यक्रममा सपथ ग्रहण तथा प्रमाणपत्र बितरण निर्वाचन मण्डलका संयोजक मनोज ज्ञवालीको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतित्थ्य्ता र डिभिजन वन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत दीपक केसीको बिशिष्ठ आतिथ्यतामा भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खाणले बन मानिसको बाच्ने आधार भएको र अन्तराष्ट्रिय स्तरमा बनले देशको गरिमा बोकेको हुनाले यसको बिकास सबै मिलि गर्नुपरे बताए। बाउन्नकोटी बनमा पर्यटन, धार्मिक, ऎतिहासिक, पुरातात्विक लगायतका सम्पदा समेत रहेकोले यसको समग्र बिकासमा असबाई लागि अघि बढ्नुपर्ने बताए। सपथ ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष तारा प्रसाद छन्तेलले शिक्षामा बिकासको बिगुल फुक्दै लामो समय सम्मको सामाजिक कार्यबाट अब बनमा आफ्नो पहिलो खुड्किलो भएकोले सबैको सहयोगमा बनको बिकास र यस क्षेत्रको समृद्धिका लागि सधै सकारात्मक ढंगले अघि बढ्ने बताए ।
यस्तै कार्यक्रममा ओमसतिया-१ का वडाध्यक्ष बेल बहादुर बलाल, तिलोत्तमा-१४ का आश्विन पौडेल, तिलोत्तमा-१३ का नारायण ढकाल,विभिन्न वडाका सदस्य, सामुदायिक बनका प्रतिनिधि, स्थानिय सरोकारवालाहरुको विशेष आतित्थ्य्ता रहेको थियो।आज सम्पन्न कार्यक्रममा करिव १ सय ५० को हाराहारीमा निवर्तमान पदाधिकारी , स्थानीय बुद्धिजीवी तथा समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। निर्वाचन समिति सदस्य विश्व राज बराल अनुपको स्वागत मन्तब्य रहेको कार्यक्रममा अधिकांश वक्ताहरुले नव निर्वाचित पदाधिकारिहरुलाई बधाईसंगै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै वनले गर्दै आएका राम्रा कामहरुलाई अझै परिस्कृत र परिमार्जित तरिकाले अगाडी बढाउन र स्थानीयको जिबनस्तर उकास्ने गरि बाको संरक्षण, पर्यटन प्रबर्द्धन र बिकास गर्न आग्रह गरेका थिए। कार्यक्रमलाई निर्बाचन समितीका सदस्य शंकर पन्थीले सहजीकरण गरेका थिए।























