पाँडीमा श्रमदानबाट सार्वजनिक धारा निर्माण


बाजुरा, मंसिर ११ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका- ६ पाँडी गाउँमा श्रमदानबाट सार्वजनिक धारा निर्माण गरिएको छ ।आई.एन.एफ. नेपाल बाजुरा शाखाले सिमेन्ट, बालुवा र सरिया उपलब्ध गराएको हो । अरु आवश्यक धाराको सामान प्रत्येक घरबाट पैसा उठाएर किनेर
ल्याएको हो ।
धारा निर्माण गर्दा लाग्ने ज्याला पारिश्रमिक कुनैपनी नलिएर गाउँमा अहिले दुइटा धारा बनाएका छन । एउटा धाराबाट निस्कने फोहोर पानी फाल्ने पाइप अभाव हुँदा धारा सञ्चालन गर्न गाह्रो भएको छ । भने एउटा धाराको सिमेन्ट , सरिया र बालुवा सहित पाइप उपलब्ध गराएको हुँदा अबको केही दिनमा सञ्चालन हुनेभएको हिमाली गाउँपालिका -६ पाँडी गाउँका अगुवा रत्न थापाले बताउनुभयो ।
धारा निर्माणको लागि चाहिने आवश्यक सामाग्री सहयोग गर्ने आई.एन.एफ. नेपाल बाजुरा शाखालाई धन्यवाद दिएका छन । गाउँमा सिस्नु पाउडर उद्योग र तेल निकाल्ने मिल राख्ने घर निर्माणका भौतिक सामान सिमेन्ट, बालुवा र जस्तापाता संस्थाले गरिएको हुँदा मिल घर पनि श्रमदान गरेर भवन निर्माणकार्य तिव्र रूपमा चलिरहेको छ । सिस्नु पाउडर र तेल निकाल्ने घर निर्माण गर्दा गाउँमा जताततै पाइने सिस्नु सदुपयोग हुनेछ ।
केही आर्थिक स्थित वृद्धि हुने आयआर्जन हुने देखिन्छ । गाउँमा पुर्खा बाट तिलखुरो उत्पादन गर्दै आएका छन । त्यसलाई तेल पिस्ने मिल भयो भने गाउँमै तेल निकालेर खान पाउने भएका छन । बजारी प्याकेट तेल किनेर खानु भन्दा गाउँमा लगाएको अर्गानिक तोरी र तिलखुरो तेल निकालेर खाने पुग्ने भएको छ । जति पैसा भएपनि गाउँमा थोरै पैसाले आफै उत्पादन गरेको तिलखुरोबाट तेल निकालेर खाने सजिलो हुनेभएको स्थानीय रंगलाल भण्डारीले बताउनुभयो ।
अब केहि गाउँको आमदानी श्रोत पनि स्तर वृद्धि हुने सम्भावना रहेकोे छ । गाउँमा समस्या संगै चुनौतीपूर्ण छ । समस्या मात्र नभई विभिन्न सम्भावना रहेकोे ठाउँ पनि देखिन्छ । धेरै जसो मान्छेहरू योजना विना काम गर्न छोडिएको छ । तैपनि गाउँमा टोलमा रहेका घरहरू सक्रिय भएर सार्वजनिक धारा निर्माण गरिएको छ । धारा निर्माण भैसकेपछि घरको दैलोबाट पिउने पानी सहज हुनेभएको छ । यसले घरमा पानी पिउने मात्र नभएर गाइ बस्तुलाई पिउन समेत सजिलो हुनेभएको भण्डारीले बताएका छन ।


















