देश

पश्चिम नवलपरासीको सुस्तामा १२ वटा त्रिपाल सहयोग

नवलपुर टुडे
२०७८ साउन २१ | मध्यान्ह ०९:०४ बजे

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर -५ द्बारा त्रिपाल सहयोग गरिएको छ । वडा नम्बर ५ काे वडा कार्यलयकाे सहयोगमा १२ वटा समुहलाई १२ वटा त्रिपाल सहयोग गरिएको हाे ।

photo 2021 08 05 21 27 32

 

संवाद किशोर किशोरी संजालले काेराेना महामारीको विषम परिस्थितिमा बालबालिकाकाे पढाइलाई निरन्तरता दिनका लागि सञ्चालन गरेको हाेमकाेचिङ्गमा बस्नलाई १२ वटा समुहलाई १२ वटा त्रिपाल वडा कार्यलयले सहयोग गरेको सञ्जालकि अध्यक्ष रिमा कुमारी काेहारले बताउनुभएको हाे ।

साे त्रिपाल समुहलाई हस्तान्तरण गर्दै वडा नम्बर -५ का वडा अध्यक्ष प्रभुनाथ यादवले सरकारले गर्न नसकेको काम सञ्जालका किशोर किशोरी भाईवहिनुहरुले बालबालिकाकाे शिक्षा लाई मध्यनजर गर्दै हाेमकाेचिङ्ग सञ्चालन गरि पठनपाठन गराईरहेकाेमा खुसि ब्यक्त गर्नुभएको थियो ।

साथै किशोर किशोरीहरुले गरेको याे याेगदानलाई हेरेर राम्रो संग बसेर पठनपाठन गर्न मिलाेस भनी यहाहरुकाे १२ वटा समुहलाई १२ वटा त्रिपाल सहयोग गरिएको बताउनुभयो। उहाँले किशोर किशोरी र एविसि नेपालसँगै एविसि नेपालका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवादसमेत दिएका थिए ।

साे अवसरमा वडा नम्बर -५ का वडा सचिव करन बहादुर दर्लामि, एविसि नेपालका सुपरभाइजर संजित शर्मा, भाेलेन्टियर विना गाहा मगर लगायतकाे उपस्थितिमा त्रिपाल सहयोग गरिएको थियोे ।

कमेन्टहरु