जाजरकोटका युबकलाई बाँधेर कुट्ने वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ


काठमाडौ । जाजरकोटका वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनले एक स्थानिय युवकलाई दाम्लाले बाँधेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

जाजरकोटको जुनिचाँदे गापा -२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई आफ्नै घरबाटै पक्राउ गरेको जनाएको छ । कुटाई खाने युवकलाई पनि सदरमुकाम बोलाइएको छ । युवकले अहिले सम्म प्रहरीमा उजुरी दिएका छैनन् । युवकले दिएको उजुरी र सार्वजनिक भएको भिडियोको आधारमा वडाध्यक्षलाई कारवाही गर्ने प्रहरीले जनाएको छ ।
युवकले जाहेरी नदिएपनि कानुन अनुसार कारवाही गर्ने प्रहरीको भनाई छ । पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही हुनेछ प्रहरी निरीक्षक पाण्डेले भने ।






















