देश

राष्ट्रपतिसँग साउदी अरबका राजदूतको बिदाइ भेटराष्ट्रपतिसँग साउदी अरबका राजदूतको बिदाइ भेट

रासस
२०८२ मंसिर ९ | मध्यान्ह ०३:०८ बजे

काठमाडौँ, मङ्सिर ९। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले सउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा धन्यवाद दिनुभएको थियो ।

कमेन्टहरु