भूमि आयोगका नाममा २२ करोड भ्याउने एमालेलाई कांग्रेस नेता चौधरीले औकात स्मरण गराइदिए


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सरकार फेरिनेवित्तिकै राजनीतिक नियुक्ति भएका भूमि जस्ता आयोगहरूका अध्यक्षसहितका पदाधिकारीले राजीनामा दिने प्रचलन रहेको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेवित्तिकै आयोगका पदाधिकारीहरूले राजीनामा दिनुपर्नेमा नदिएपछि सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको नेता चौधरीले बताएका छन् ।
उनले सरकारले तत्कालीन सरकारले नियुक्त गरेका पदाधिकारीहरूलाई हटाउन आयोग खारेजेको गरेको बताए । आयोगका नाममा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले कार्यकर्ता भर्ती गरेर राज्यको २२ करोड रुपियाँ एक वर्षभित्र समाप्त पारेको चौधरीले आरोप लगाए ।
‘सरकारले भूमि आयोग खारेज गरेको छ’, उनले भने, ‘यस्तो आयोगहरूका प्रमुखहरू सरकार फेरिने बित्तिकै राजीनामा दिने प्रचलन हुन्छ । तर, लाजै पचाएर बसेपछि खारेज गर्नु परेको हो उनले बताए ।’
कांग्रेस नेता चौधरीले भनेका छन्, ‘तत्काल सरकारले पुनः गठन गरोस् ।’ ओली समर्थक एमालेका नेताहरूले भूमि आयोग खारेज गरेको भन्दै रोइलो गरेपछि कांग्रेस नेता चौधरीले उनीहरूलाई औकात स्मरण गराइदिएका छन् ।






















