तिलोत्तमाका मेयर बासुदेव घिमिरेले आजको दिनलाई लुम्बिनीबासीका लागि कालो दिनको संज्ञा दिए

प्रदेश ५ को स्थायी राजधानी दांङकाे भालुवाङ बनाउनेे प्रदेश सरकारकाे प्रस्ताव पारित भए संगै तिलोत्तमाका मेयर बासुदेव घिमिरेले आजको दिनलाई लुम्बिनीबासीका लागि कालो दिनको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै घिमिरेले ‘लुम्बिनीको लागि आज कालो दिन ।’ उल्लेख गरेका छन् । मंगलबार बसेको प्रदेश ५ प्रदेशसभा बैठकले ६९ मत सहित स्थायी राजधानी दाङको भालुवाङ राख्ने निर्णय गेको हो ।
प्रदेश ५ सकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले प्रस्तुत गरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएपछि स्थायी राजधानी दाङकाे भा भएको हो ।
प्रस्तावको पक्षमा कूल ८२ मत मध्ये ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । ८७ जना प्रदेश सभा सदस्य रहेको प्रदेश ५ मा सभामुख र उपसभामुखले मत हाल्न पाउने व्यवस्था हुँदैन ।
मतदानमा जनता समाजवादी पार्टीका सन्ताेष पाण्डे र कल्पना पाण्डे संगै राष्ट्रिय जनमाेर्चाका सांसद तारा जीसी मतदानमा सहभागी भएनन् ।























