पत्रकार दीपेन्द्र खनियाँ झुन्डिएको अवस्थामा मृत फेला

नवलपुर टुडे
२०८२ मंसिर ७ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं, मंसिर ७ । पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन् । आइतबार काठमाडौँ महानगरपालिका- १० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
घरमै झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आएको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भरखरै सकेको छ उनले भने, अब शव पोस्टमार्टमका लागि लगिन्छ।
खनियाँ रेडियो अडियोका सञ्चालक हुन् । सोही घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो । तर, खनियाँले केही महिनाअघि मात्रै घर बिक्री गरेको खुलेको छ । बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए। उनका श्रीमती र एक छोरी छन्।























