सल्यानको जंगलमा अबैध सम्बन्धबाट जन्मिएको शिशु फाल्ने परियार र भण्डारी प्रहरी नियन्त्रणमा

सल्यान । असोज २० मंगलबार, जंगलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका–३ घोरलोटेका जंगलमा फालिएको २८ दिने शिशुको सोमबार उद्धार गरिएको हो ।
आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा–३ की ३५ वर्षीया शान्ता परियारले अवैध सम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जंगलमा छाडेर घर गएको प्रहरीले जनाएको छ ।
श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जंगलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शिशुको उद्धार गरी सल्यान जिल्ला अस्पतालमा लिएर उपचार शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शिशु अस्पताल पु¥याएर उपचार शुरु गरे लगत्तै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिुनभयो ।
प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जंगलमा फाल्ने महिला र अवैध सम्बन्ध राख्ने भनिएका शारदा–२ पानीखोलाका दानबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
करीब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अवैध सम्बन्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरुले थाहा पाउने डरले जंगलमा फालेर घर गएको भनी परियारले बयान दिएको प्रहरीले जनाएको छ ।























