शैलेश्वरी माविको सार्बजनिक सुनाइ सम्पन्न


बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका – ४ फैती गाउँमा रहेकोे शैलेश्वरी माध्यमिक विद्यालयमा सार्बजनिक सुनाइ सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को विद्यालयको आर्थिक र भौतिक प्रतिवेदन विधालय प्रधानाध्यापक गोपल पाण्डे गर्नुभएको छ । विद्यालय विद्यार्थी पढाई गुणस्तर गर्नका लागि सिङ्गो विद्यालय परिवार लागेको छ ।
विद्यालय सुधार गर्ने काम हामी सबैको जिम्मेवारी हो । हामी लागेपछि विद्यालयलाई सकारात्मक रूपमा अगाडि लैजान सकिन्छ । विद्यालय भौतिक र आर्थिक रूपमा पहिला भन्दा अहिले धेरै सुधार गरिएको छ । विद्यार्थीको भबिस्य सत्य मार्ग लिन आफुले गर्ने सक्ने कामहरू विद्यालयमा गरिएको छु । विद्यालयमा कक्षामा ११ र १२ का विद्यार्थीहरुको पठनपाठन नियमित गराउने भनी निर्णय समेत गरिएको छ ।
शिक्षा क्षेत्रमा सुधार गर्न शैक्षिकसत्र सुरु अगाडि हामी शिक्षक , अभिभावक र विद्यार्थीहरु बिच अन्तरक्रिया गरेका थियौं । पहिलाको भन्दा अहिले विद्यालयमा हरेक क्रियाकलाप राम्रो बन्दै गएको छ । हरेक शुक्रबार कार्यक्रम नियमित विभिन्न कार्यक्रम गरेर शिक्षक कर्मचारी र विद्यार्थीहरु पनि सक्रिय रूपमा लागिपरेका पाण्डेले बताउनुभयो ।
शिक्षक अभिभावक संघ अध्यक्ष बमबहादुर मल्ल अध्यक्षतामा कार्यक्रम गरिएको हो । प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अतिथि हिमाली गाउँपालिका -४ का वडा अध्यक्ष भिमानन्द पाण्डे , विद्यालय व्यवस्थापन अध्यक्ष बिष्णुलाल पाण्डे सहित शिक्षक, विद्यार्थी र अभिभावक बाक्लो सहभागिता रहेकोे थियोे ।


















