समाचार, समाज

आफू पदमा रहे नरहेपनि जनताका लागि काम गर्छु: अध्यक्ष भण्डारी

उमेश रोकाया
२०८२ मंसिर १ | बिहान १०:०८ बजे

बाजुरा, मङ्सिर १ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका -१ का वडा अध्यक्ष जोख्या भण्डारी आफू पदमा रहे अथवा नरहे पनि जनताका लागि काम गरिरहने बताएका छन । हिमाली गाउँपालिका २२ वटा विद्यालयमा स्थायी, दरबन्दी र स्वयंसेवक शिक्षक व्यवस्था गरिएको छौँ । धुलोमुक्त बनाउन बेन्च, डेस्क र कार्पेट विधालयमा दिएका छौं । अहिले विद्यार्थीहरुको पठनपाठन गर्न त्यहाँका विद्यालयलाई सहज भएको छ ।

‎पालिकाको सामाजिक विकास समिति संयोजक जिम्मेवारी हुँदा आफ्नो वडामा रहेका सामुदायिक विद्यालय र २, ३ वडाहरु रहेका विद्यालयहरुमा अनुगमन गरी गरियो छ । तिहार छठ लगत्तै विधालय खुल्ने हुँदा सवै ठाउँमा विधालय पठनपाठन देखि शिक्षक उपस्तिथि बारेमा स्थलगत अनुगमन गर्दा कतिपय विद्यालयमा त्यहाँको अभिभावकले विद्यार्थीलाई स्कुलमा नपठाएको भेटिए ।

‎विद्यार्थीलाई पठनपाठन रोक्न भएन भनेर शिक्षक कर्मचारी , विद्यार्थी र अभिभावक बिच औपचारिक रूपमा छलफल गरिएको छ । शिक्षक कर्मचारीलाई पनि बालबालिकाको भविष्यमाथि खेलवाड नगर्न भनेर आएको हुँ । शिक्षा क्षेत्रलाई राम्रो दीर्घकालीन र सकारात्मक बाटो हिसाबले हामीले भौतिक देखि शैक्षिक सामग्री उपलब्ध गराएका छौं ।

‎खेलकुद क्षेत्रमा अरु पछाडि भएको हुँदा आउदो राष्ट्रपति रनिङ शिल्डमा राम्रो गर्नका लागि रनिङ सिल्ड हुने विद्यालयमा मङ्सिर र पुष महिनामा खेलकुद शिक्षक मार्फत तालिम दिलाउने व्यवस्थापन मिलाउने भएका छौँ । विधालयमा खेलकुद क्षेत्रमा आवश्यक व्यवस्था कामहरू पालिका संग समन्वय गरेर खेलकुद क्षेत्रलाई राम्रो गराउन लागेका छौं ।

‎पहिलेको अवस्था भन्दा अहिले शिक्षा क्षेत्र फरक अवस्था रहेकोे छ । पहिलोभन्दा खेलकुद क्षेत्र फरक सबै विद्यालयमा स्थायी दरबन्दी , राहत र स्वयंसेवक शिक्षक व्यवस्था गरिएको छ । आफू पदमा रहे अथवा नरहे पनि आफ्नो गाउँ ठाउँ अगाडि बढाउन लाग्ने प्रतिबद्ध गरेका छन् ।

‎आफू रहुन्जेलसम्म पदमा रहौँला वा नरहौँला पदबाट बाहिर गए पनि जनप्रतिनिधि हुँदा भोगिरहेका आजसम्मको परिस्थिति जनताको सेवा गर्नुपर्छ । भन्ने भावनाले लागेका छौँ । पहिला दुई वटा स्वास्थ्य चौकी थिए । अहिले गाउँपालिका ७ वटा वडाहरुमा १३ वटा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । लगानी अनुसार केही प्रतिशत राम्रो भएपछि देखिन्छ ।

कमेन्टहरु