आज कोसी र कर्णाली प्रदेशका केही स्थानमा आंशिक बदली

नवलपुर टुडे
२०८२ मंसिर १ | बिहान ०६:०८ बजे

काठमाडौं । केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा मौसम सफा रहने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।























