कोल्टी स्वास्थ्य शिविरमा ४ हजार २ सयभन्दा बढीले उपचार पाए


बाजुरा, कार्तिक २७ । बाजुरा जिल्ला पुर्वी क्षेत्रमा बुढिनन्दा नगरपालिका नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ४ हजार २ सय १९ जनाले सेवा पाएका छन । बुढिनन्दा नगरपालिका र एक एक पाइला नेपालको आयोजनामा कोल्टी आधारभूत अस्पतालमा तीन दिनसम्म निःशुल्क स्वास्थ्य शिविरमा गरिएको हो। स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए।
शिविरमा १ सय ४३ जना आँखा (मोतिविन्दु) शल्यक्रिया, नाक, कान र घाँटीका १९ जनाको अप्रेसन , १ सय ८० जना बिरामीमा हड्डी खियाको र जाली प्वाल परेको समस्या परेका बिरामीलाई स्वास्थ्य उपचार गरेका छन्। थप उपचार आवश्यक रहेको नाक, कान, घाँटी, विशेषज्ञ प्रशान्त त्रिपाठीले बताउनुभयो । शिविरमा बालरोग, स्त्री तथा प्रसूति, छाला, दाँत, रेडियोलोजी, प्याथोलोजी, इन्डोस्कोपी, सामान्य शल्यक्रिया लगायतका सेवा प्रदान गरिएको थियो। नेपालगन्ज, काठमाडौँ र धनगढीमा उपचार गर्न लिनु पर्दा लाखौ रुपिया खर्च हुने स्थानीय नागरिकलाई उपचार राहत भएको छ ।
नि:शुल्क स्वास्थ्य शिविरमा हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका जगन्नाथ गाउँपालिका , बुढिनन्दा नगरपालिका सहित हुम्ला, मुगु, र कालिकोटका हजारौं बिरामीले उपचार सेवा लिएका छन। दुर्गम पिछडिएका नागरिक घर दैलोमा स्वास्थ्य सेवा लिदा यहाँका नागरिकको लाखौं पैसा जोगाएको छ । स्थानीयहरूले दुर्गम क्षेत्रमा यस्ता स्वास्थ्य शिविरले जनतामा उपचार प्रति विश्वास र राहत भएको सृजना बोहराले बताएका छन् ।
बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरा अनुसार एक एक पाइला नेपाल र गेँटा अस्पतालले नि:शुल्क स्वास्थ्य शिविरमा अमुल्य योगदान दिने ३५ जना विशेषज्ञ डाक्टरहरुलाई धन्यवाद दिएका छन । आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा सहित हार्दिक आभार व्यक्त गर्नुभएको छ । दुर्गम गाउँका नागरिकलाई गाउँ घरमै स्वास्थ्य उपचार पाउदा स्थानीय बासिन्दा खुसी व्यक्त गरेका छन ।
सानोतिनो देखि ठुलो बिरामी उपचार गर्ने नेपालगन्ज, धनगढी र काठमाडौ जानुपर्ने अवस्था कम गरिएको छ । शिविर सञ्चालन गर्दा अधिकासं गाउँ घरका बुढाबुढीहरुको आँखा अप्रेसन गर्दा आँखा खुल्ला भएका छन । आफू निर्वाचित हुँदा खेरी स्वास्थ्य क्षेत्रमा काम राम्रो गर्नुपर्छ भनेर लागेका हौं । अहिले स्वास्थ्य शिविर १७ पालिकाका स्थानीयहरुले उपचार पाएका नगर प्रमुख बोहराले बताउनुभयो ।























