देश

प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्न तयार रहेको छु : गगन थापा

जगत ठाडा मगर
२०७८ साउन २० | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले अहिलेको सरकार संयुक्त सरकार भएकोले सरकारको आफ्ना सिमा रहेको र अहिलेको सरकार अप्ठ्यारो अवस्थामा आएको पनि स्मरण गराएका छन् ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् । ‘यसैपनि सरकार अप्ठ्यारो अवस्थामा आएको छ, स्वभाविक रुपले आएको होईन । १२–१५ महिनाभित्रको समयमा हामीले धेरै काम सम्पन्न गर्नुपर्छ । हामीले प्रधानमन्त्री ज्यूलाई फ्रि भएर काम गर्न दिनुपर्छ । प्रधानमन्त्रीलाई होईन यसलाई संसदमै राखेर हुन्छ भनेर यसको उपयोगिता लाग्छ भने सांसद नै भएर काम गर्ने हो । होईन, कुनै मन्त्रालयको जिम्मेवारी दिएर अहिले मेरो सरकारमा काम गर्नुपर्छ भन्ने लाग्ने हो भने के हुने हो त्यो प्रधानमन्त्रीलाई स्वतन्त्र छोड्नुपर्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सरकारमा आएर काम गर भनेर प्रस्ताव राखे आफू काम गर्न तयार रहेको पनि थापाले स्पष्ट पारे । उनले भने, ‘होईन, सरकार म यसरी चलाउँछु, यसरी मिलाउँछु अहिलेलाई तिमी संसदमै बसेर काम गर भन्नुहुन्छ भने म संसदमै बस्छु ।´

कमेन्टहरु