राजनीति

जनताको जनआक्राेशलाई जेनजीकाे नाममा साम्राज्यवादले प्रयाेग गर्याे : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ कार्तिक २५ | मध्यान्ह ०६:०७ बजे

बुटवल । विद्यार्थी नेता मुक्ति गैरेले नवऔंपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाले सिर्जित गरेको भ्रष्टाचार, व्यथिति, कुशासन, बेरोजगार, छुवाछूत, शाेषण र दमन विरुद्धको जनताको जनआक्राेशलाई साम्राज्यवादले जेनजिकाे नाममा प्रयाेग गरेको बताएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) केन्द्रीय अध्यक्ष मुक्ति गैरेले पाल्पाको रामपुरमा युवा-विद्यार्थीहरु संगकाे अन्तरसंवाद भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

उनलेे जिकिर गर्दै भने याे व्यवस्था असफल र नकाम भएको थियो त्यसको नत पुराना दलहरूले नेतृत्व गर्न सफल भए नत त्यस भित्रका दाेस्राे तहका युवा नेताहरूले नै नेतृत्व गर्न सफल भए ! जसको उपयाेग विभिन्न काउन्सिल, नेटरनेट सफ्टवेयर र सामाजिक संजाल मार्फत उत्तेजना र वितृष्णा फैलाएर अमेरिकी, युरोपियन, यथास्थितिवादी, र पुरातनवादीहरुले युवा विद्यार्थीहरुकाे जनआक्राेसलाई उपयोग गरि विध्वंस मच्चाई कठपुतली सरकार निर्माण गरेको बताए ।

साम्राज्यवादले विगतदेखि प्रायाेजित प्रति विद्राेह खडा गरि आफ्नाे स्वार्थ पुर्ति गर्न कठपुतली सरकार विभिन्न देशमा बनाईरहेकाे थियो नेपालमा अहिले उस्तै भएको छ । यसले गर्दा झन् नेपाली राष्ट्रिय, जनतन्त्र र जनजिविका चरम संकटमा पुगेको छ । यस्तै प्रायोजित दलालहरु मार्फत MCC पास गरे अब अमेरिकी सैनिक सुरक्षा परियोजना SPP सम्झौता टेबुलमा अब बन्ने निर्वाचित सरकारले पास गर्नेछ ।

यस्तो अवस्थामा देशभक्त, राष्ट्रप्रेमि, क्रान्तिकारी र प्रगतिशील युवा विद्यार्थीहरु देशको रक्षाका निमित्त लड्नु पर्ने बताएका छन् । विगतका दलहरूकाे नेतृत्व र सरकारहरु देश र जनताका विरुद्धमा उभिएको कारणले यस्तो परिस्थिति सिर्जना भएको बताए ।

कमेन्टहरु