देशका समस्याको निकास एमालेसँगै छ : किसान श्रेष्ठ


काठमाडौँ । नेकपा (एमाले) छाडेर चार वर्षअघि एकीकृत समाजवादीमा गएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेताहरू पुनः एमालेमा फर्किएका छन् । सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममा एमाले फर्कँदै किसानले आफूहरूको कुनै सर्त नरहेको पनि बताए ।
श्रेष्ठले भने, ‘चार वर्षअघि हामीले विभिन्न कारणले एमालेबाट अलग भएर अर्को बाटो रोज्यौँ । त्यो निर्णय त्यो समयको परिस्थितिमा ठिक लागे पनि आजको आत्ममन्थनपछि त्यो गल्ती थियो भन्ने निष्कर्षमा पुगेका छौँ।’ एमाले छाडेपछि आफूहरूले एमाले केवल एउटा संगठन नभई आदर्श दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह रहेछ भन्ने बुझेको पनि बताए । एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी नेता भएको उनको भनाइ छ ।
उनले देशको समस्याको निकास एमालेसँगै रहेको बताए । श्रेष्ठसँगै एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री सहितका नेताहरू पनि सोमबार एमालेमा फर्किएका छन् ।























