प्याज उत्पादन भन्दा बजारीकरण समस्या: कृषक दानबहादुर मल्ल


बाजुरा, कार्तिक २३ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका दान बहादुर मल्लको असार महिनामा निकालिएको प्याज भण्डार गरेको ५ महिना पुग्दा सम्म बजारीकरण हुनसकेको छैन । पहिला वर्ष चाहिँ प्याज उत्पादन राम्रो भयो र बिक्रीवितरण राम्रोसँग भएको हो ।
यो वर्ष प्याज बिक्री राम्रै बजार पाउला भनेर धेरै फलायौ तर बजारीकरण पाएन । बारीमा उत्पादन गरिएको प्याज भण्डार गर्ने ठाउँ नभएर शीत गृह भण्डारमा राखिएको छ । असार निकालेर प्याज कोल्ड स्टोरमा राखिएको प्याज बिक्री वितरण हुन नसकेको कृषक दान बहादुर मल्लले बताउनुभयो ।
बारी निकालिएको प्याज घरमा केही दिन राखियो र घरमा कुहिने सडेर जाने भएकोले घरबाट ट्याक्टरबाट ढुवानी गरेर कोल्ड स्टोरमा राखेको हो । शीत गृहमा ५ महिनादेखि अहिलेसम्म राखिएको छ । यो वर्ष २८ देखि ३० क्विन्टल उत्पादन भयो । ८ देखि १० क्विन्टल जति बिक्री वितरण र आफ्ना आफन्तलाई कोसेलीको रूममा दिएर सकियो । अहिले १८/२० क्विन्टल पालिका समन्वय गरी शीत गृह भण्डार गर्ने काम मात्र भयो ।
ढुवानीका लागि अनुदान दिने कुरा कहिले भएको छैन प्याज अलिअलि किन्ने आउने मान्छेलाई केजीको ६० रुपैयाँ दरले बेच्ने गरेको छु । कसैले प्याज क्विन्टल भन्दा बढी लिन लिन चाहन्छ भने ५० रुपैयाँका दरले बेच्ने भन्ने छ । गाउँपालिकाले दुई तीन वर्ष अनुदान दिने गरेको थियो । कृषि ज्ञान् केन्द्र बाजुराले पनि अग्लो वर्ष अनुदान सहयोग मिल्दा राम्रै भएको हो ।
यो पटक केही पैसा सहयोग गर्यो भने सस्तोमा बिक्री हुन्छ उत्पादन राम्रो गर्नुपर्छ भन्ने लागेको थियो यो वर्ष पालिका र कृषि केन्द्र बाजुराले कुनै चासो गरेको छैन । अहिले प्याज राखेको राख्दै कुइने गरेको छ । केही प्याज उम्रिने गर्दा खेर जाने भएको भण्डार गरेर राखिएको प्याज लामो समय हुँदा कुइएर खेर जाँदा १०-१२ क्विन्टल सम्म हुने अवस्था आएको छ । कृषि सम्बन्धी सरोकारवाला के छ भनेर सोधपुछ गरिदिएको भए पनि राम्रो हुन्थ्यो ।
कृषि कार्यालयले आफूले उत्पादन गरेको ठाउँमा आएर फोटो भिडियो खिचेर फेसबुकमा हालिदिएको भए पनि राम्रो लाग्ने थियो । केही भरोसा लाग्थ्यो त्यस्तो पनि देखिएन । हामी उत्पादन कार्यालयका लागी होइन, आफ्नो लागि गरेको हो । कृषि क्षेत्रमा लगानी अनुसार उत्पादन राम्रो हुन्छ । बिक्री वितरण हुँदैन कि भनेर झन् ठूलो चिन्ता लाग्न थालेको छ ।
जग्गा भाडामा लगेर प्याज लगायत अन्य फलफुल लगाउने गरेको छ । जग्गाको वार्षिक भाडा ६० हजार रुपैयाँ दिने गरेको छ । बर्खाको सिजनमा चाहिँ तरकारी उत्पादन हुँदैन हिउँदमा प्याज उत्पादन गरेर बिक्री गरिसकेपछि भाडा दिइने अवस्था अहिले छैन । यो वर्ष प्याज बिक्री नभएपछि भाडा तिर्न पनि मुस्किल भएको छ । कृषि पेशामा सुरु गरेको अहिले सात वर्षको अनुभव भएको कृषक मल्लले बताउनुभयो ।


















