देश

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग

जगत ठाडा मगर
२०७८ साउन २० | बिहान ०७:०४ बजे

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् ।

मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी बिपक्षले विशेष अधिवेशनका लागि निवेदन दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका हुन् ।

उनीहरुले मंगलबार नै प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् ।

कमेन्टहरु