अपराध

पुर्वी नवलपरासीबाट लागुऔषधसहित चार जना पक्राउ

नवलपुर टुडे
२०८२ कार्तिक २१ | मध्यान्ह ०६:०७ बजे

कावासोती, कार्तिक २१ । पुर्वी नवलपरासीबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कावासोती नगरपालिका- १ कोईलापानी बस्ने बर्ष २२ को हप्पे भाई भन्ने रोजन घर्ती, देवचुली नगरपालिका- १२ बस्ने मन बहादुर सुनार, कावासोती नगरपालिका- ५ बस्ने थर्क बहादुर कुमाल र कावासोती नगरपालिका- १ बस्ने उमन बहादुर कुमाल रहेका छन ।

प्रहरीले रोजन घर्तीले आफ्नै घरमा संचय गरिराखेको अवस्थामा विभिन्न किसिमको लागुऔषध बरामद गरी घर्तीलाई पक्राउ गरेका हुन । त्यस्तै अन्य तीन जनालाई विभिन्न मितिमा प्रतिबन्धित लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी मधु नेपालले जानकारी दिएका छन ।

पक्राउ पर्ने आरोपितहरुलाई नवलपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको नेपालले बताए ।

कमेन्टहरु