शिक्षा

विधालयमा शिक्षक छन, विद्यार्थी छैनन् ‎

उमेश रोकाया
२०८२ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

‎ ‎बाजुरा , कार्तिक १८ । बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर १ का सामुदायिक विधालयमा वडा अध्यक्ष स्थलगत अनुगमन गरिरहेका छन । वडा अध्यक्ष जोक्या भण्डारी अनुसार विधालय छठ लगत्तै कार्तिक ११ गतेबाट विधालय सञ्चालनमा आएका छन । ‎ ‎विधालय कर्मचारी र विद्यार्थी अवस्था बुझ्न जादा धेरै जसो सामुदायिक विधालयमा शिक्षक भेटिन्छन् , विद्यार्थीहरु विधालयमा उपस्थिति शुन्य देखिन्छ । आफ्नो वडा भित्रका विधालयमा कार्तिक १६ गतेसम्म उपस्तिथि नहुने शिक्षक कर्मचारीहरुलाई नियम अनुसार कार्वाही गर्ने भनेर पत्र समेत निकालेको हिमाली गाउँपालिका -१ का वडा अध्यक्ष जोख्या भण्डारीले बताउनुभयो ।

‎आफ्नो भित्रका विधालय सबै ठाउँमा स्थलगत अनुगमन गरिसकेपछि सोमबार देखि हिमाली गाउँपालिका -३ को बौडी गाउँमा रहेकोे मंगल आधारभूत विधालयमा अनुगमन गरियो , त्यस विधालयमा शिक्षक कर्मचारी मात्र उपस्थिति भएको भेटिए तर विद्यार्थी संख्या भने शुन्य अवस्था भेटिएको छ । ‎ ‎शिक्षा क्षेत्रमा केही गुणस्तरीय बनाउने अभियान निरन्तर रूपमा सिङ्गो हिमाली गाउँपालिका सहित आफू आफ्नो जिम्मेवारी हिसाबले अहिले एक्लै सामुदायिक विधालयमा अनुगमन कार्य तिव्र रूपमा गरिरहेको अध्यक्ष भण्डारी बताउनुभयो ।

विधालय समयमै सञ्चालन आएपनी शिक्षक भेटिन्छन् भने विद्यार्थी नआएपछि शिक्षक स्कुलमा गएर हाजिर लगाउने दिनभरी खाली बस्ने काम मात्र गरेका छन । ‎ ‎हिमाली गाउँपालिका – ३ बौडी गाउँमा रहेकोे गंगा आधारभूत विधालयमा छठ पर्व लगत्तै कार्तिक ११ गतेबाट विधालय सञ्चालनमा गरिसकेको छ । विधालय शिक्षक कर्मचारी बिदाको समय बाहेक अरु समय बिधालय खुलाएर बस्ने गरेको छौँ । विधालय जान्छौं , विद्यार्थी आउदैन खाली बस्ने गरेको गंगा आधारभूत विधालयमा प्रधानाध्यापक वाल्मीकि पाण्डेले बताउनुभयो । ‎ ‎

हामी शिक्षक कर्मचारी सबै विधालया भएपनी विद्यार्थी उपस्थिति शुन्य अवस्था भएपछि विधालय जाने आउने काम मात्र भएको छ । अहिले विद्यार्थी अनुपस्थित हुँदा पठनपाठन हुनसकेको छैन । विद्यार्थीको भबिस्य उज्यालो बनाउन शिक्षक , अभिभावक र विद्यार्थी जिम्मेवारी भएपनि गाउँका अभिभावकले अहिलेसम्म विद्यार्थीहरुलाई विधालय लगाएकै छैन । शिक्षा गुणस्तर भएन भन्छन् त्यो हामी सबैको जिम्मेवारी हो । आ-आफ्नो जिम्मेवारीमा बफादार बनौं त्यसपछि शिक्षामा सुधार आफैं अगाडि बढ्ने प्रधानाध्यापक पाण्डेले बताउनुभयो ।

कमेन्टहरु