राजनीति

आगामि निर्वाचनमा विभिन्न समुहले आआफ्नाे एकता गरे पनि कसैको बहुमत आउदैन् : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ कार्तिक १७ | बिहान ०६:०७ बजे

 

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मुक्ति गैरेले आगामि निर्वाचनमा विभिन्न विचारधारा बाेकेका समुहहरुले आआफ्नाे एकता गरेर चुनावमा गए पनि स्पष्ट बहुमत नआउने बताउनुभएकाे छ । उहाँले एक विचार प्रस्तुत गर्दै भन्नुभयो ” नवऔंपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था नै अस्थिरताकाे व्यवस्था हाे । याे व्यवस्थालाई नेपालकाे भुराजनितिक परिस्थितिलाई बुझेका शक्तिहरुले कहिल्यै पनि बहुमत सरकार निर्माण गर्न दिने छैन् ।”

उहाँले व्यक्त गर्नु भएको विचार जस्ताको त्यस्तै:
“आगामि निर्वाचनमा सबै टुटे फुटेका कम्युनिस्ट, माओवादी र समाजवादीहरु एकातिर एकता गरे पनि, अर्कोतिर काँग्रेस प्रजातन्त्रधारिहरु सबै एकता गरे पनि र जेनजि विद्रोहीहरु सबै अर्कोतिर एकता गरे पनि स्पष्ट रुपमा बहुमत प्राप्त आउने छैन् । स्पष्ट बहुमत नआई सकेपछि विगतको जस्तै संसदीय जाेड घटाउ नै सुरु हुनेछ किन कि याे नवऔंपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था नै अस्थिरताकाे व्यवस्था हाे । याे व्यवस्थालाई नेपालकाे भुराजनितिक परिस्थितिलाई बुझेका शक्तिहरुले कहिल्यै पनि बहुमत सरकार निर्माण गर्न दिने छैन् । यदि बहुमत र स्थिर सरकार बन्यो भने आफुहरुलाई घाटा हुने महसुस गरेकाले स्थिर र बहुमत सरकार निर्माण गर्न ती शक्ति केन्द्रहरुले दिदैनन् ।”

कमेन्टहरु